परिचय
नेपाल सरकारद्वारा मित्रराष्ट्र चीन सरकारको सहयोगमा बहालवाला तथा सेवा निवृत्त निजामती कर्मचारी र तिनको परिवारलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले निजामती कर्मचारी अस्पतालको स्थापना वि.सं. २०६५ साल चैत्र २६ मा भएको हो।अस्पतालले आफ्नो स्रोत र क्षमताले उच्चतम उपयोग गर्दै सर्वसाधारणलाई समेत स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।
लक्ष्य
अस्पताललाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने विशिष्टीकृत स्वास्थ्य संस्था र रेफरल सेन्टरको रूपमा स्थापित गर्ने।
उद्देश्यहरू
- आवश्यक मानवीय संशाधन तथा भौतिक संरचनाहरूको विस्तार गर्दै अस्पताललाई मल्टिस्पेशियालिटी र सुपरस्पेशियालिटी अस्पतालमा स्तरोन्नति गर्ने।
- सेवाको गुणस्तर सुधार गरी सेवाग्राहीको सन्तुष्टि सुनिश्चित गर्ने।
- अस्पताललाई शैक्षिक प्रतिष्ठानको रूपमा विकास गर्ने।